८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


तरुण दलद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ


0
Shares

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले शनिबार नयाँबानेश्वरमा गरेको प्रदर्शनमा प्रहरी दमन गरिएको भन्दै त्यसको विरोध तथा डा. गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिन आइतबार ७७ ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।

डा. केसीको जीवनरक्षामा सरकार उदासीन रहेको भन्दै विरोधस्वरुप सडकमा उत्रेका तरुण दलका कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए ।

राजधानीको जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्नुअघि तरुण दलका कार्यकर्ताहरु माइतीघरमन्डलामा भेला भएका थिए ।

माइतीघरमन्डलाबाट जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले जिल्ला प्रशासन कार्यालयकनजिकको निषेधित क्षेत्रअगाडि सडकमा बसी शान्तिपूर्णरुपमा धर्ना दिएका थिए ।

तरुण दलले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेपछि सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।