२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अर्थिक क्षेत्रका सुचकहरु सकारात्मक : अर्थमन्त्री पौडेल


0
Shares

काठमाडौं, माघ ७ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ ।

बुधबार कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो ।

कोभिडका कारण राजस्व परिचालनमा केही समस्या भएपनि अन्य आर्थिक सुचकहरु सकारात्मक रहेको उहाँको भनाई छ ।

उहाँले कोभिड १९ को बावजुदपनि देशको अर्थतन्त्रलाई गतिशिल, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको पनि बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागु गरेको र वित्तिय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतिय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताउनुभयो ।

यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाई छ ।

कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषिविकास बैंकले अन्य क्षेत्रम भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

कृषिविकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्च मुल्य प्राप्तहुने फलफुलमा कर्जा बिस्तार गर्ने बताउनुभयो ।

त्यसैगरी गाई भैंसी फार्ममा पनि लगानी बिस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।

बैंकले उत्पादन र उत्पादकत्व बढाउने तर्फ कामगर्ने उहाँले बताउनुभयो ।