२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप ३१८ संक्रमित, ३८३ संक्रमणमुक्त, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, माघ ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण भएको छ ।