काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने • Image Khabar Image Khabar


काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने


Imagekhabar
६ माघ २०७७, मंगलवार ०९:३४

काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने

काठमाडौं । मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठको सवस्टेशनबाट आपुर्ति भइरहेको विद्युत बन्द हुने भएको हो ।

बूढानीलकण्ठको सवस्टेशनबाट वितरण हुने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारमा बती आउने छैन् । त्यस्तै महाराजगञ्ज वितरण केन्द्रबाट विरतण हुने बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्कमा पनि आज बती आउँदैन् ।

डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ भने बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान र बसपार्क क्षेत्रमा दिउँसो ३ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

आवश्यक मर्मतका लागि सो समयमा विद्युत आपुर्ति नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्