सरकारले बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ • Image Khabar Image Khabar


सरकारले बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ


Imagekhabar
५ माघ २०७७, सोमबार २१:११

सरकारले बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं, माघ ५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यासमा भने भाउ बढाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्