
काठमाडौं, माघ ५ । नेपालकालागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिटीको ५ औं जेनरेशनलाई नेपालीबजारमा भित्राएको छ ।
होण्डा सिटी पहिलो पटक लन्चभएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको कम्पनीको दाबी छ ।
होण्डा सिटीको यस जेनरेशनको लम्बाई चौडाई नै अघिल्लो जेनरेशनभन्दा बढी रहेको जनाइएको छ ।
होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुलएल.इ.डी. हेडल्याम्प जस्ता धेरै विशेषताहरु रहेका छन् ।
सेभेन स्पिड अटोम्याटिक ट्रान्समिसन रहेको यस गाडीको माइलेज उच्च रहेको कम्पनीको दाबी छ ।
यी गाडीको बजार मूल्य ६५लाख९० हजार देखि ६९लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्