Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


आठ इँटा उद्योगमा चल्यो डोजर


0
Shares

काठमाडौं, भदौ ९ । स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै काभ्रेको नमोबुद्ध नगरपालिकाले आइतबार आठ इँटा उद्योगमा डोजर चलायो ।

नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरुले व्यवसायी मार्ने काम भन्दै आलोचना गरेका छन् ।

इँटा उद्योगहरु बन्द गर्न व्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरेपछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा डोजर चलाएको हो ।

‘वातावरणमैत्री हुन पटक पटक दिइएको अल्टिमेटम नमानेकै कारण अघिल्लो वर्ष नै भट्टा बन्द गर्ने निर्णय गरेका थियौं,’ नगर प्रमुख टिमी शर्मा तिमल्सिनाले भने, ‘हामी निर्वाचित भएर आएको पहिलो बैठकले सबै उद्योग बन्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको थियो ।’ –नेपाल समाचारपत्र दैनिकबाट