काठमाडौं, भदौ ९ । थरुहट सम्मेलनले संविधान संशोधन गरी थरुहट प्रदेश हुनुपर्ने माग गरेको छ । त्यसका लागि आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।
सम्मेलनले लक्ष्मण चौधरीको संयोजकत्वमा एक सय एक सदस्यीय आन्दोलन तयारी समिति पनि गठन गरेको छ । यसअघि थारु र अन्य समुदायबीच सद्भाव समिति गठन भएको छ ।
कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले गत फागुनमा जन्मकैदको फैसला सुनाएको थियो ।
टीकापुर घटनापछि त्यस क्षेत्रका थारु समुदायमा असन्तुष्टि भने कायमै छ । टीकापुरमै थरुहट सम्मेलन आयोजना भएपछि यो क्षेत्र फेरि संवेदनशील बनेको छ । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्