विकास निर्माणका काम कर्मकाण्डी मात्र • Image Khabar Image Khabar


विकास निर्माणका काम कर्मकाण्डी मात्र


Imagekhabar
४ माघ २०७७, आईतवार १७:५४

विकास निर्माणका काम कर्मकाण्डी मात्र

काभ्रे, माघ ४ । स्थानीय तहका जनप्रतिनिधिहरुले ठेकेदारका कारण विकास निर्माणका कामहरु कर्मकाण्डी मात्र हुने गरेको आरोप लगाएका छन् ।

काभ्रेको पनौती नगरपालिकाको आठौं नगरसभामा धारणा राख्दै वडा नं.–५ का वडा अध्यक्ष श्रीधर कुँइकेलले ठेकेदारका कारण विकास निर्माणको काम कर्मकाण्डी मात्र हुने गरेको आरोप लगाउनुभएको हो ।

उहाँले विकास निर्माणका हरेक काममा ठेकेदारले फाइदा मात्रै खोज्ने गरेकाले विकास निर्माणका काम कर्मकाण्डी मात्रै हुने गरेको जिकिर गर्नुभयो ।

बेलाबेलामा सम्बन्धित निकायबाट अनुगमन हुने भएपनि त्यसको कार्यान्वयन हुन नसकेको कुँइकेलको धारणा छ ।

मापदण्ड र इस्टिमेट अनुसार गुणस्तरीय काम नभए पनि स्वीकृत गर्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष कुइँकेलले गुणस्तरहिन कामप्रति प्रश्न उठाउँदा ठेकेदारका मान्छेले एक्सन लिने गरेको गुनासो गर्नुभयो ।

ठेकेदारको लापरवाहीप्रति विरोध जनाएपनि माथिल्लो निकायबाट गुणस्तरहीन निर्माणको कामलाई समेत स्वीकृत हुने गरेकाले आफुले विकास निर्माणको कामको अनुगमन गर्न छोडेको कुँइकेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्