२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप ४४५ संक्रमित, ४१४ संक्रमणमुक्त, ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

२४ घण्टामा ४१४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।

गत २४ घण्टामा ४ हजार १५४ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।