१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


१३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश हुने


0
Shares

काठमाडौं । आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश हुने भएको छ ।

काठमाडौंमा हिजो सम्पन्न दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र पाराग्लाईडिङ थप्ने निर्णय गरेपछि कुल खेल संख्या २७ पुगेको हो ।

क्रिकेटमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनीको टिमबीच प्रतिस्पर्धा हुने छ । काउन्सिलको यसअघि बसेको बैठकले २५ खेल खेलाउने निर्णय गरेको थियो ।

जसमध्ये कराँते र गल्फ आयोजक राष्ट्रको हैसियतले नेपालले समावेश गरेको थियो ।

काउन्सिलको बैठकले २७ खेलका इभेन्टहरु पनि निर्धारण गरेको छ ।  १३औं दक्षिण एशियाली खेलकुद काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

यसका लागि अहिले पूर्वाधार निर्माण भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्ले फागुनसम्ममा सबै पूर्वाधार निर्माण सम्पन्न हुने जनाइसकेको छ ।

१३ औं साग गेम्समा आर्चरी, एथ्लेटिक्स, ब्याडमिण्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हकी, फुटबल, ह्याण्डबल, जुडो, कबड्डी, खो–खो, शुटिङ, स्क्वास, स्वीमिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ खेलमा प्रतिस्पर्धा हुनेछ ।