Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मूल नेतृत्वलाई बलियो बनाउनुपर्छ : मन्त्री भट्ट


0
Shares

कञ्चनपुर, पुस २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मूल नेतृत्वलाई बलियो बनाउनका लागि रणनीति बनाउनमा लाग्नुपर्ने बताउनु भएको छ ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरको महेन्द्रनगरमा आयोजित विस्तारित बैठकमा बोल्दै उहाँले नयाँ इतिहास नयाँ सोच, चिन्तन र कार्यशैलीका साथ पार्टीलाई अगाडि बढाउने बेला आएको बताउनुभयो ।

उहाँले पार्टीको स्वार्थलाई माथि राखेर कार्य गर्नुपर्ने बताउनुभयो ।

“पहिला हामी को कसका नजीक थियौँ । त्यो भ्रम नपालौँ । त्यस कुराले महत्व राख्दैन”, उहाँले भन्नुभयो, “पार्टीको सङ्गठन गर्ने कार्य क्षमता र मूल्याङ्कनका आधारमा जिम्मेवारी दिइनुपर्छ ।”

सशस्त्र द्धन्द लडेर त्यसको ब्याज खान नआएको उल्लेख गर्दै उहाँले वर्तमान समयमा चिन्तन बदल्ने, विश्व राजनीतिलाई बुझ्ने, राष्ट्रिय पूँजीको विकास गरी नयाँ ढङ्गबाट जाने पार्टी पङ्क्तिको विकास गर्नु जरुरी रहेको बताउनुभयो । रासस