Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


ओलीतन्त्र समाप्त नभएसम्म लोकतन्त्र आउदैन : उपेन्द्र यादव


0
Shares

वीरगञ्ज, पुस २७ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्र समाप्त नभएसम्म लोकतन्त्र नआउने बताउनुभएको छ ।

जसपा पर्साले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीतन्त्रको कारण लोकतन्त्र खतरामा रहेकाले बुद्धिजीवी, समाजसेवी, लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलगायतका जनता एकजुट भइ अगाडि बढ्न आह्वान गर्नुभयो ।

अध्यक्ष यादवले नेपाली काग्रेसले प्रतिनिधि सभा विघटनको सम्बन्धमा दोहोरो चरित्र देखाएको आरोपसमेत लगाउनुभयो ।