Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


पत्रकार उमा सिंहको नाममा पाँच लाख रुपैयाँको अक्षय कोष सञ्चालनमा


0
Shares

धनुषा, पुस २७ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उहाँका नाममा पत्रकारका लागि गत वर्ष घोषित रु. पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने छ ।

आमा सुशीलासँगै बस्दै आउनुभएका सिंहको २०६५ सालमा आजकै दिन राति करीब ८ बजे जनकपुरको रजौलस्थित डेरामा हत्या गरिएको थियो । रासस