६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


संसदमा डा. बाबुराम भट्टराईको स्थान परिवर्तन


0
Shares

काठमाडौं, भदौ ६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभा बैठकमा सत्तापक्ष बस्ने कुर्सीमा बस्न पाएका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारी संसदलाई भएपछि बिहीबारदेखि उनी सत्तारुढ दलको सिटमा बसेका हुन् ।

पार्टी एकता भएको करिब तीन महिनापछि निर्वाचन आयोगले पार्टी दर्ता भएको आधिकारिक पत्र संसदमा पठाएपछि डा.भट्टराईको बस्ने ठाउँ निश्चित भएको हो ।

यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । –राजधानी दैनिकबाट