२०२० मा यी १० कारको चर्चा « Image Khabar


२०२० मा यी १० कारको चर्चा


Imagekhabar
२३ पुष २०७७, बिहीबार ०८:२७

काठमाडौं । २०२० मा कोभिड–१९ को कारणले विभिन्न क्षेत्रमा असर पारेको थियो । सो वर्ष अटोक्षेत्रको प्रोडक्शन र डिलरशिपमा लकडाउनको कारण असर परेको थियो । यद्यपि कोभिड–१९ को समयमा पनि केही कार लन्च भएको थियो भने केही कार राम्रो बिक्री भएको थियो ।

२०२० मा टाटा अल्ट्रोज, किया सोनेट, निसान म्याग्नाइट, टाटा नेक्सन ईभी, टोयोटा अर्बन क्रुजर, हुन्डाई क्रेटा, २०२० होन्डा सिटी, हुन्डाई आई२०, महिन्द्रा थार र फक्सवागन टी–रक जस्ता चर्चित मिड साइड एसयूभी, ह्याचब्याक र सेडान कार लन्च भएको थियो । यी मध्ये कतिपय गाडी नेपाली बजारमा आइसकेका छन् भने कतिपय आउने क्रममा छन् ।

किया सोनेट
किया सोनेट यस वर्षको नयाँ र सबै भन्दा राम्रो कार मध्ये एक हो । सो कारमा सबै भेरिएन्टका सुविधाहरू रहेको छ, जसको कारणले गर्दा यसको बम्पर बिक्री भइरहेको छ । किया सोनेट पेट्रोल, डिजेल र टर्बो पेट्रोल इन्जिनमा लन्च गरिएको थियो । सो कारमा ६ स्पिड गियरबक्स म्यानुअल र अटोमेटिक ट्रान्समिशन रहेको छ ।

न्यू महिन्द्रा थार
महिन्द्राको अफरोडर कम्प्याक्ट एसयूभी थारलाई यस वर्षको लन्च अफ द ईयर मान्न सकिन्छ । ग्राहकहरु सो कारको लागि निकै उत्सुक देखिएका छन् । सो कार पेट्रोल र डिजेल इन्जिनको साथ म्यानुअल र अटोमेटिक ट्रान्समिशनमा लन्च गरिएको थियो ।

टाटा अल्ट्रोज
टाटा अल्ट्रोज एक प्रिमियम ह्याचब्याक कार हो । लेटेस्ट फिचर सहित लन्च गरिएको सो कारमा पेट्रोल र डिजेल इन्जिनको साथमा ५ स्पिड म्यानुअल ट्रान्समिशनको विकल्प रहेको छ । नयाँ वर्षमा सो कार टर्बाे पेट्रोल भेरिएन्टमा लन्च हुने भएको छ ।

निसान म्याग्नाइट
भारतको सबैभन्दा सस्तो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइट लन्च गरिएको १५ दिन भित्र १५ हजार युनिट बुक गरिएको थियो । सो कारले किया सोनेट, टाटा नेक्सन र हुन्डाई कारसँग प्रतिस्पर्धा गर्नेछ ।

टोयोटा अर्बन क्रुजर
टोयोटाले मारुती सुजुकीको साझेदारीमा टोयोटा अर्बन क्रुजर मिड साइज एसयूभी लन्च गरेको थियो । जसको लुक र फिचर मारुती सुजुकी भिटारा ब्रेजासँग मिल्दोजुल्दो रहेको छ । टोयोटा ग्लेन्जा पछि टोयोटा र सुजुकीको पार्टनरशिपमा निर्मित सो कार दोस्रो कार हो ।

टाटा नेक्सन ईभी
टाटा मोटर्सले २०२० मा लोकप्रिय मिड साइड एसयूभी टाटा नेक्सनको इलेक्ट्रिक भेरिएन्टमा टाटा नेक्सन ईभी लन्च गरेको थियो । भारतमा सो कार सबैभन्दा लामो दूरीको इलेक्ट्रिक कार भएको कम्पनीले दावी गरेको छ । सो कार सिंगल चार्जमा ३१२ किलोमिटरको दुरीसम्म ड्राइभ गर्न सकिन्छ । सो कारमा ३०.६ किलोवाट क्षमताको ब्याट्री समावेश गरिएको छ । जसले १२९ पीएसको पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ ।

न्यू होन्डा सिटी
होन्डाले यो वर्षमा लोकप्रिय सेडान होन्डा सिटीको पाँचौं जेनेरेसन लन्च गरेको छ । न्यू जेनेरेसन होन्डा सिटीमा पेट्रोल र डिजल इन्जिन समावेश गरिएको छ । उक्त कार ६ स्पिड गियरबक्सको साथमा उपलब्ध रहेको छ ।

न्यू हुन्डाई क्रेटा
हुन्डाई मोटर्सको सबैभन्दा लोकप्रिय मिड साइड एसयूभी क्रेटा नयाँ अवतारमा लन्च गरिएको थियो । न्यू हुन्डाई क्रेटामा उत्कृष्ट लुक र सुविधा सहित पेट्रोल, टर्बो पेट्रोल र डिजेल इन्जिनको साथै म्यानुअल र अटोमेटिक ट्रान्समिशनमा लन्च गरिएको थियो ।

२०२० हुन्डाई आई२०
हुन्डाई मोटर्सले यो वर्ष ह्याचब्याक आई२० लाई नयाँ अवतारमा अपग्रेड सहित लन्च गरेको थियो । सो कार पेट्रोल, डिजेल र टर्बो पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।

फक्सवागन टी–रक
फक्सवागनले २०२० मा मिड साइड एसयूभी सेगमेन्टको प्रिमियम कार फक्सवागन टी–रक कार लन्च गरेको थियो । टर्बो पेट्रोल इन्जिन भएको सो कार ७ स्पिड डीएसजी ट्रान्समिशनको साथमा उपलब्ध रहेको छ । सो कार लन्च भएको ४० दिनमा १ हजार युनिट बिक्री भएको थियो ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्