भ्रष्टाचार र बहुविवाह गरेका चिनियाँ कम्युनिष्ट नेतालाई मृत्युदण्ड « Image Khabar


भ्रष्टाचार र बहुविवाह गरेका चिनियाँ कम्युनिष्ट नेतालाई मृत्युदण्ड


Imagekhabar
२२ पुष २०७७, बुधबार १५:३६

एजेन्सी । भ्रष्टाचार र बहुविवाहको मुद्दामा दोषी ठहर भएका चीनका एक पूर्वबैंकर तथा चिनियाँ कम्युष्टि पार्टीका अधिकारी सिआओमिनलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टको नियामकका रूपमा काम गरेको समयमा सिआओमिनले १० वर्षमा १.७९ अर्ब युआन घुस लिएको अदालतको ठहर छ । आफ्नो पदको दुरूपयोग गर्दै उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि भ्रष्टाचार गरेको अदालतले जनाएको छ ।

पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएका उनी विवाहोत्तर सम्बन्धमा पनि दोषी पाइएका छन् । सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतको ठहर छ । उनीमाथि सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्