अमेरिकामा न्यान्सी पेलोस सभामुखमा निर्वाचित « Image Khabar


अमेरिकामा न्यान्सी पेलोस सभामुखमा निर्वाचित


Imagekhabar
२० पुष २०७७, सोमबार ०८:५२

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा न्यान्सी पेलोसीलाई पुन निर्वाचित गरेको छ । हिजोदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो ।

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ । यदि राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ । पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टी नेता रहँदै आउनु भएको थियो ।

गत नोभेम्बर ३ मा माथिल्लो सदन सिनेटका लागि एक सयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो । निर्वाचित सांसदहरुले हिजो नै सपथग्रहण गरेका छन् । सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी छ । भोली जर्जियामा हुने निर्वाचनले २ जना सिनेटरको संख्या पूर्ति गर्नेछ ।

नोभेम्बर ३ को चुनावपछि सिनेटमा ४८ जना डेमोक्र्याट्स र ५० जना रिपब्लिकन सांसद रहेका छन् । त्यस्तै हाउस अफ रिप्रिजेन्टेटिभमा न्युयोर्कको २२ औं डिस्ट्रिक्टबाट सांसद पूर्ति हुन बाँकी छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्