नेप्सेमा दुई अंककाे हरियाली, सबैभन्दा बढी कमाउने हिमालयन डिष्टिलरी « Image Khabar


नेप्सेमा दुई अंककाे हरियाली, सबैभन्दा बढी कमाउने हिमालयन डिष्टिलरी


Imagekhabar
१९ पुष २०७७, आईतवार १६:०५

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आँउदा शेयर बजार परिसुचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । उतारचढावकाबीच नेप्से ८८ अंकले उकालो लाग्दा २१ सय ७५ बिन्दुमा पुगेको छ ।
कारोबार भएका सबैजसो समूह उकालो लागेसँगै नेप्से पनि सुधारिएको हो । १ सय ५२ कम्पनीको शेयरको मूल्य बढ्दा १४ कम्पनीको मात्रै शेयर मूल्य घट्यो । जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ५० अंकले उकालो लाग्दा निर्जिवन बिमा समूह २ सय ६८ अंकले उक्लियो । उत्पादनमुलक व्यापार, होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त, अन्य र जलविद्युत समुह दोहोरो अंकले सुधारिए ।
हिमालयन डिष्टिलरी लिमिटेडले सबैभन्दा बढि कमाउँदा राधी विद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाउन पुग्यो । २ सय १२ कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्