२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतको पख्यात एम्स अस्पतालमा आगलागी


0
Shares

काठमाडौं । भारतको प्रख्यात एम्स अस्पतालमा भएको आगलागी लामो समयपछि नियन्त्रणमा लिइएको छ ।

अस्पतालको तोश्रो तलामा रहेको अध्यापन कक्षबाट शुरु भएको आगलागी भवनको पाँचौ तलासम्म फैलिएको थियो ।

विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएपनि यसबारे छानबीन भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

आगलागी हुने बितिकै बिरामीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलगीका कारण बिरामीहरुमा त्रास फैलिएपनि मानवीय क्षति भने हुने पाएन ।