चिनियाँ दुतावास अगाडी प्रदर्शन गर्ने १७ जना प्रहरी नियन्त्रणमा « Image Khabar


चिनियाँ दुतावास अगाडी प्रदर्शन गर्ने १७ जना प्रहरी नियन्त्रणमा


Imagekhabar
१५ पुष २०७७, बुधबार १२:२५

काठमाडौं । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै नेपालस्थित चिनियाँ दूतावास अगाडी विरोध प्रदर्शन भएको छ ।

नेविसंघको अगुवाइमा बु्धबार बिहान भएको विरोध प्रदर्शनका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरूले नेपालमा चिनियाँ हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरेका थिए ।

प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै हरेक दिन सरकारको विरोधमा समेत प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्