२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


मदन भण्डारी सडक निर्माण अन्तिम चरणमा


13
Shares

सिन्धुली । मदन भण्डारी राजमार्गको निर्माण तोकिएको समयमै सम्पन्न गराउने गरी निर्माण कार्यमा तीब्रता दिइएको छ ।

सिन्धुली र मकवानपुर जिल्लामा पर्ने सो राजमार्गको पश्चिम खण्डका सम्पूर्ण कार्यहरु आगामी असार मसान्तसम्म पूरा गर्ने तयारीका साथ सडक निर्माण कार्य अगाडी बढाइएको हो । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई जोड्ने ३ सय १६ किलोमिटर राजमार्गलाई सिन्धुली जिल्लाबाट पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरी निर्माण कार्य गरिएको हो ।

मदन भण्डारी राजमार्ग निर्माण सम्पन्न भइसकेपछि पूर्वको धरानबाट तराईका जिल्लालाई नछोएरै पनि हेटौंडा र काठमाडौंसम्म पुग्न सकिने छ । सडक निर्माण अन्तर्गत पश्चिम खण्ड क्षेत्रको करिब ७० प्रतिशत काम सकिएको जनाइएको छ । भने पूर्वी खण्डमा भने सडक निर्माण ९० प्रतिशत सडकको काम सकिएको छ ।