३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


‘सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता’


0
Shares

विराटनगर, पुस १३ । नकेपा दाहाल–नेपाल समुह प्रदेश– १ का नेता भिम आचार्यले सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।

सोमबार पार्टी कार्यालय तीन पैनी विराटनगरमा नेता आचार्यले आफ्नो समुहको बहुमत पुगे पनि मुलुकको चुनौतीलाई सामान्य बहुमतको सरकारले मात्र सामना गर्न नसक्ने बताउँदै सबै मिलेर वर्तमान चुनौतीको सामना गर्न सर्वदलीय सरकार अवाश्यक भएको बताउनु भएको हो ।

प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बहुमत सांसद आफ्नो पक्षमा दावी गर्दै आएका आचार्यले केपी समुहका सांसदहरुसमेत सहकार्य हुन सक्ने ढोका खुल्लै गरेको बताउनुभयो ।