५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


भारत–पाकिस्तान विवादबारे सुरक्षा परिषदमा छलफल हुने


0
Shares

                                         फाइल तस्वीर

न्यूयोर्क, साउन ३१ । भारत र पाकिस्तानको पछिल्लो विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ ।

भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको हो । बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् ।

यसैबीच विवादित कश्मीरको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ । पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको दावी गरेको छ । पाकिस्तानले पाँचजना भारतीय सैनिक समेत मारिएको दाबी गरेको छ । भारतले भने पाकिस्तानको दाबी अस्विकार गरेको छ । (एजेन्सी)