उपत्यकामा २०८ सहित ४८१ जना कोरोना संक्रमित थपिए « Image Khabar


उपत्यकामा २०८ सहित ४८१ जना कोरोना संक्रमित थपिए


Imagekhabar
१२ पुष २०७७, आईतवार १६:३६

काठमाडौं, पुस १२ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण कम गर्दै लगेको छ ।

आइतबार ३ हजार ८ सय २८ वटामात्र परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा ४ सय ८१ जना संक्रमित फेला परेका छन् ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका २०८ हुन् ।

योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

आइतबार ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ रहेको छ ।

थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संखया १८ सय २५ पुगेको छ ।

हाल ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्