वैदिक कर्मकाण्ड गराउन प्रशिक्षण « Image Khabar


वैदिक कर्मकाण्ड गराउन प्रशिक्षण


Imagekhabar
१२ पुष २०७७, आईतवार १५:२५

ताप्लेजुङ । ताप्लेजुङमा वैदिक कर्मकाण्ड गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बाल सुबोधनी संस्कृत माध्यामिक विद्यालयले प्रशिक्षण सुरु गरेको हो ।

पुरोहित तथा पण्डितको अभावलाई पूर्ति गर्न प्रशिक्षणले सहयोग पुग्ने बाल सुबोधनी संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालको भनाइ छ । आइतबारदेखि सुरु भएको प्रशिक्षणमा दलित समुदायका समेत गरी २० जना सहभागी छन् ।

भाषा, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले नगर क्षेत्रका ५१ वटा सामुदायिक विद्यालयमा आर्थिक सहयोग गरिरहेको फुङलिङ नगरपालिकाले जनाएको छ । बाल सुवोधनी संस्कृत माध्यामिक विद्यालयमा स्थापनाकालदेखि नै संस्कृत भाषाको पढाइ सञ्चालन हुँदै आए पनि द्धन्द्धकालदेखि भने पठनपाठन बन्द भएको थियो ।

नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका अन्य सामुदायिक विद्यालयले भने लिम्बू भाषाअन्र्तगतको आनिपान शिक्षा तथा बौद्धमार्गीहरूको बाहुल्यता रहेको क्षेत्रमा गोन्पा शिक्षा पनि सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्