५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


कैलालीका स्थानी तह विभाजित


0
Shares

कैलाली, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको असर कैलालीको स्थानीय तहमा पनि परेको छ ।

कैलालीको १३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गर्दै आएका छन ।

गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद ओली खेमाको केन्द्रीय सदस्य मनोनित भएका छन । तर नगरपालिकाकी उपमेयर रत्ना कडायत प्रचण्ड–नेपाल समुह छन् ।

घोडाघोडी नगरपालिकाका मेयर ओली समुहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

तर उपमेयर प्रेम कुमारी थापा प्रचण्ड–नेपाल समुहमा रहेको बताइएको छ ।

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरी र उपमेयर छाँया देवकोटा प्रचण्ड–नेपाल समुहमा छन् ।

कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवा पनि प्रचण्ड–नेपाल समुहमा रहेको बताइएको छ ।

लम्कीचुुहा नगरपालिकाका मेयर महादेव बजगाई प्रचण्ड–नेपाल समुहमा छन भने उपमेयर टीका थापा ओली समुहमा रहेको जनाइएको छ ।

गौरीगंगा नगरपालिकाका मेयर भीम देउवा र उपमेयर अञ्चला चौधरी प्रचण्ड–नेपाल समुहमा रहेको बताइएको छ ।

त्यस्तै कैलालीका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका छन् ।