दिक्तेलमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन « Image Khabar


दिक्तेलमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन


Imagekhabar
१० पुष २०७७, शुक्रबार ११:१४

खोटाङ । दिक्तेलमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

दिक्तेल स्थित रत्नपार्कको किँरात चोकमा आज बिहान संसद विघटन गरेको विरुद्धमा जसपाले पूर्वघोषित आन्दोलनलाई मूर्तरुप दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै जसपाका कार्यकर्ताहरुले एकोहोरो शंख बजाउँदै ओली र भण्डारीविरुद्ध नाराबाजी गरेका थिए ।

पुत्ला दहन कार्यक्रमलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्