
बुटवल । बाख्रालाई चाहिने घाँसको समस्या समाधानका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरमा रहेका बाख्रा पालक कृषकहरूलाई तालिम दिइएको छ । बाख्रा उग्य्राउने जनावर भएकाले अन्न खुवाएको भन्दा घाँस खुवाएरै पाल्नु राम्रो हुने कृषकको भनाइछ ।
मासु बढाउने लोभमा पछिल्लो समय घाँसको सट्टा दाना खुवाउन थालिएकोमा कृषकहरू असन्तुष्टि छन् । पोषणमा सन्तुलन नमिलाउँदा बाख्राको शारीरिक विकास राम्रो नभएको र उत्पादन लागत बढेको तालिममा सहभागी कृषकको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्