Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


चिनी मिलले फेरि झुक्याए किसानलाई


0
Shares

काठमाडौं । चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ ।

शुक्रबारदेखि नै किसानका खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरुलाई झुकयाएको किसानको आरोप छ ।

उखु किसान संघर्ष समितिका सचिव हरिश राय यादवले श्रीराम चिनी मिलले उखुको रकम भुक्तानी नगरेको बताए ।

शुक्रबार रकम खातामा हालिदिएको भने पनि आइतबार खातामा चेक गर्दा रकम नै नआएको उनले जानकारी दिए ।

रौतहटमा रहेको श्रीराम चिनी उद्यागेले शुक्रबार पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो ।

तर, किसानले भने आइतबार दिउँसोसम्म खातामा पैसा नआएको बताएका छन् । श्रीराम चिनी उद्योगका सञ्चालक विशाल अग्रवाल र अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कबाहिर छन् ।

श्रीराम सुगर मिलले शुक्रबारदेखि नै किसानको रकम भुक्तानी गरेको भनेर विज्ञप्ती जारी गरे पनि किसानको खातामा पैसा नगएकाले झुक्याएको सचिव यादवको भनाइ छ ।

उखुको रकम भुक्तानी नपाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले जानकारी दिए । कारोबार