
काठमाडौं । धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेट त्यसै थन्क्याएर राखिएपछि जनकपुरवासीमा निराशा छाएको छ ।
जनकपुर-जयनगरका लागि ल्याइएका रेल सेट सरकारले कहिले चलाउँछ भन्नेमा अन्योल छ ।
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार ओली सरकारको हस्तक्षेपका कारण रेल महिनौदेखि थन्किएको स्टाटस सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
कर्मचारी भर्तीको जिम्मेवारी प्र्रदेश सरकार लोक सेवा आयोगलाई दिन पनि उनले सुझाए । उनको आरोप थियो, ‘ओली सरकारले कार्यकर्ता भर्ती गर्न रेल सञ्चालनलाई अनिर्णयको बन्दी बनाएको छ ।’
रेल सञ्चालन गर्न नसकेको सबै दोष उनले संघीय सरकारको थाप्लोमका राखिदिए । रेलको जनकपुर प्लेटफर्ममा रहेका कार्यालय अचेल सुनसान देखिन्छ ।
रेल कहिले सञ्चालनमा आउने ? यसको जवाफ जनकपुरस्थित कार्यालयका कर्मचारीसँग छैन ।
भारत सरकारले जयनगर-जनकपुर र कुर्था खण्डको ३५ किलोमिटर रेलको ब्रोडगेज लिंक, प्लेटफर्म र स्टेसनको निर्माण सकेको दुई वर्षभन्दा बढी भयो ।
सरकारले आफ्नै लगानीमा दुई सेट रेल खरिद गरेपछि सो रुटमा रेल नियमित चल्नेमा सबै ढुक्क थिए । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्