धनकुटामा सुन्तला उत्पादनमा कमी « Image Khabar


धनकुटामा सुन्तला उत्पादनमा कमी


Imagekhabar
२ पुष २०७७, बिहीबार १४:५०

धनकुटा, पुस २ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ ।

फूल फूल्ने र दाना लाग्ने समयमा भएको भारी वर्षाका कारण यसवर्ष सुन्तला उत्पादनमा कमी आएको अनुमान गरिएको हो ।

जिल्लाको समग्र सुन्तला उत्पादन गतवर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरेको कृषि ज्ञान केन्द्र धनकुटाका सुचना अधिकारी सुरज खनालले जानकारी दिनुभयो ।

धनकुटामा गत वर्ष ८ सय ७५ हेक्टर क्षेत्रफलमा ४ हजार ९५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्