
काठमाडौं । यौन बेचबिखनको आरोप खेपिरहेका अमेरिकी लगानीकर्ता जेफिरे इप्स्टेन कारागारमा मृत अवस्थाा फेला परेका छन् ।
न्युयोर्कको एक कारागारमा उनको शरीर मृत अवस्थामा फेला परेपछि अमेरिकी संघीय जाँच ब्युरोले छानबिन गरिरहेको छ ।
गत वर्ष यौन दुराचारको आरोपमा पक्राउ परेका ६६ बर्षिय जेफिरेको कारागारमै रहेको अवस्थामा केही समयअघि घाँटीमा चोट लागेका कारण अस्पताल भर्ना गरिएको थियो ।
अमेरिकी महिलाहरुको उजुरीको आधारमा पक्राउ परेका उनीमाथी युवतीहरुलाई यौनजन्य कार्यमा आवद्ध गराउन उनीहरुको बेचबिखन गरेको आरोप लगाइएको थियो ।
साथै उनीमाथि कम उमेरका केटीहरुलई म्यानहटन र फ्लोरिडामा सन् २००२ देखि २००५ का बीचमा यौन जन्य क्रियाकलापमा संलग्न गराएको आरोप लागेको थियो ।
उनको आत्महत्या हो कि भन्ने आशंकामा अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
शिक्षक पेशामा आवद्ध इप्स्टेन अमेरिकाका प्रख्यात धनी र लगानीकर्ताका रुपमा परिचित छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्