अध्यादेश प्रकरणः संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शितलनिवास « Image Khabar


अध्यादेश प्रकरणः संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसद पुगे शितलनिवास


Imagekhabar
१ पुष २०७७, बुधबार १५:२०

ncp parliamentarian president office

काठमाडौं, पुष १ । संघीय संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

नेकपा स्थायी समिति सदस्य भीम रावल, पम्फा भुषाललगायतका नेता विशेष अधिवेशन माग गरिएको लिखित प्रस्ताव लिएर आज दिउँसो शीतल निवास पुग्नुभएको हो ।

उहाँहरु विशेष अधिवेशन मागको निवेदन र सांसदहरुको हस्ताक्षरसहित शितल निवास जानु भएको हो ।

निवदेन पत्रमा संविधानको धारा ९३ अनुसार संसदको कुल संख्याको एक चौथाई सदस्यको हस्ताक्षर एकत्रित गरी राष्ट्रपतिसमक्ष पत्र बुझाउने तयारी गरिएको थियो । अहिले ८० भन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाइएको छ ।

तर राष्ट्रपति कार्यालयले विशेष अधिवेशन माग गरिएको सो पत्र दर्ता नगरेको बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश पार्टीमा छलफल बिनै ल्याएपछि नेकपामा विवाद चर्किएको छ ।

अध्यादेश फिर्ताको माग भैरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल पक्षका सांसदहरु विशेष अधिवेशनको मागका लागि शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्