३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


टी–ट्वेन्टी विश्वकपको छनोट तालिका सार्वजनिक, नेपालले सिधै ग्लोबल छनोट खेल्ने


0
Shares

काठमाडौं, मंसिर ३० । अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा नेपाललाई सिधै ग्लोबल छनोट प्रतियोगितामा राखिएको हो ।

आईसीसीको टी–२० वरीयाताअनुसार नेपाल, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र जिम्बाब्वेले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाएका हुन् ।

ग्लोबल छनोट प्रतियोगिताको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई टिम गरी चार देशले अस्ट्रेलियामा २०२२ को फेब्रुअरीदेखि हुने विश्वकपमा सहभागिता जनाउन पाउनेछन् ।

टी–२० विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटमा पनि १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

१३ महिनासम्म हुने छनोट प्रतियोगितामा २२५ ओटा ट्वेन्टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछन् ।