Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


शेखर दा र मेरो सहमतिमा सभापतिको उम्मेदवार तय हुन्छः महामन्त्री कोइराला


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले काँग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र उमेद्वार हुने बताउनुभएको छ ।

‘शेखर दा, सुजाता कोइराला, म लगायत हाम्रो समुहको नेताहरुका बीचमा सहमतिका आधारमा नै काँग्रेसको सभापतिको उमेदवार तय हुन्छ’, उहाँले भन्नुभयो ।

आज विराटनगरको कोइराला निवासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले दुई वर्ष अघि शेरबहादुर देउवाले आफूलाई १४ औं महाधिवेशनमा सभापति बनाउने वचन दिएको खुलासा गर्नुभयो ।

‘ सभापति जी ले तपाइ वीपीको छोरा हो म सभापति बनाउँछु भन्नु भएको थियो, उहाँले भन्नुभयो, ‘अहिले देउवा जी नै सभापतिको उमेदवार भएकाले त्यो अहिले अर्थहीन भएको छ ।’

काँग्रेस महाधिवेशन फागुनमा हुन नसक्ने पनि उहाँले बताउनुभयो । कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्थालगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताउनुभयो।

‘कोरोनालाई बहाना बनाएर महाधिवेशन रोक्न सकिन्न विहार तिर धमाधम चुनाव भइरहेको छ’ उहाँले भन्नुभयो ।’

महामन्त्री कोइराला आज मोरङमा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न हिजो विराटनगर पुग्नुभएको थियो ।