वीरगञ्जमा एकजना पुरुष मृत फेला « Image Khabar


वीरगञ्जमा एकजना पुरुष मृत फेला


Imagekhabar
२७ मंसिर २०७७, शनिबार ११:०६

पर्सा, मंसिर २७ । पर्सामा एकजना पुरुषको शव फेला परेको छ ।

वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको शव गाउँकै कुलोमा फेला परेको हो ।

गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ ।

रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

पैसाका लागि उनको हत्या भएको हुनसक्ने आंशका गरिएको छ ।

मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए ।

साँझ ६ बजे गाउँकै चोकमा उनलाई देख्नेहरु पनि भेटिएका छन् ।

शुक्रबार नै भाञ्जीको बिहे थियो । विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ ।

गाउँलेले शव देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्