 
	    नवलपरासी, मंसिर २६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले नियमविपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ ।
मेयर गुप्ताको आफ्नै इँटा उद्योगको प्रयोगका लागि नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन् गरिएको हो ।
रामग्राम नगरपालिका–१, सन्डामा सञ्चालनमा रहेको शिव–शंकर इँटा उद्योगको नाममा पाँच हजार घनफिट अर्थात् ५० ट्याक्टर बराबर भस्कट अर्थात् माटो र बालुवा मिसिएको पाँगो खोलाबाट निकासी गर्न मेयर गुप्ताले हस्ताक्षर गरेर दिएको अनुमतिपत्रमा उल्लेख छ ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थपनसम्बन्धी मापदण्ड २०७७ विपरीत गुप्ताले ठेक्का नै नलागेको रामग्राम–१, सन्डास्थित झरही खोलाबाट २० दिनसम्म तीनओटा ट्रयाक्टरबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति दिएका हुन् ।
अनुमति दिइएका ट्याक्टरले दैनिक २० देखि २५ टिपभन्दा बढी नदीजन्य पदार्थ उद्योगमा पुर्याउने गरेको स्थानीयले बताएका छन् ।
उद्योगलाई अनुमति दिएका मेयर गुप्ताले स्थानीयलाई भने नदीजन्य पदार्थ निकासीका लागि अनुमति माग्न जाँदा दिन नमिल्ने भन्दै फर्काइदिने गरेको स्थानीयले बताएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्