अमेरिकी औषधि विभागद्वारा फाइजर खोप अनुमतिको माग « Image Khabar


अमेरिकी औषधि विभागद्वारा फाइजर खोप अनुमतिको माग


Imagekhabar
२६ मंसिर २०७७, शुक्रबार ०७:१५

काठमाडौं । अमेरिकी खाद्य तथा औषधि नियन्त्रण विभागले फाइजर बायोएनटेक खोपको आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ ।

चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्धको उक्त खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई आग्रह गरेको हो ।

चिकित्सकहरुले टोलीले औषधिको प्रभावकारिताका बारेमा थप अनुसन्धान जारी रहेपनि प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।

फाइजर खोप प्रयोगका लागि यसअघि बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले अनुमति दिइसकेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि उक्त खोप अनुमोदनका लागि आग्रह गरिएको बीबीसीले जनाएको छ ।

खोप स्वीकृत भएलगत्तै प्रयोगमा ल्याउन सकिने अमेरिकी अधिकारीहरुले जनाएका छन् । पहिलो चरणमा अमेरिकाले उक्त खोप करिब ५ करोड डोज तयार पार्ने जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्