
म्याग्दी । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ ।
गाउँमा भित्रिने पाहुनाहरुको आवास सुबिधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।
बीस लाख रुपैयाँमा निर्माण भएको भवनमा गाउँमा भित्रने पाहुनाहरुलाई बसोबासको व्यवस्था मिलाइएको आमा समूहकी अध्यक्ष कमला पुनले जानकारी दिनुभयो ।
पाहुनाघरको आम्दानी समूहको कोषमा राखेर महिलाहरुको आयआर्जन र सामाजिक गतिविधिमा परिचालन गर्ने समूहको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्