अमेरिकामा एकै दिन २ लाख ३० हजार संक्रमित थपिए « Image Khabar


अमेरिकामा एकै दिन २ लाख ३० हजार संक्रमित थपिए


Imagekhabar
२१ मंसिर २०७७, आईतवार १९:४२

काठमाडौं, मंसिर २१ । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ ।

संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।

त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राती ८ बजे जानकारी दिएको छ ।

गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण अमेरिका सब भन्दा बढी प्रभावित भएको छ ।

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईरहेको जनाइएको छ ।

अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भईसेकेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्