राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी « Image Khabar


राष्ट्रपतिद्वारा यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी


रासस
२१ मंसिर २०७७, आईतवार १९:०४

काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दुई अध्यादेश जारी गर्नुभएको छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्