बुटवलमा तस्कर र प्रहरीबीच घम्साघम्सी, गोली चल्दा एक घाइते « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


बुटवलमा तस्कर र प्रहरीबीच घम्साघम्सी, गोली चल्दा एक घाइते


0
Shares

काठमाडों । बुटवलमा रहेको एक होटलमा गोली चल्दा एकजना घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

चिउँडोमा गोली लागेका भक्तपुरका राकेश न्यौपानेलाईउपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।

उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी सादा पोसाकमा पुगेको थियो ।

तस्करले प्रहरी टोलीकै पेस्तोल खोसेर प्रहार गर्न खोज्दा अर्का तस्कर गोली लागेर घाइते भएको प्रहरीको दाबी छ ।

अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा भक्त थापा र कर्णबहादुर राउत रहेको जनाइएको छ ।