Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


गर्भ बोकेर न्याय खोज्दै बलात्कृत किशोरी


0
Shares

गोरखा । निहुरो खोज्न वनमा गएकी १४ वर्षीया किशोरी गत वैशाख ११ गते ६० वर्षीय वृद्धबाट बलात्कृत भइन् । बलात्कारीले विभिन्न प्रलोभनमा पारे ।

घटनाबारे कसैलाई नभन्न धम्की दिए । ६ महिनासम्म घटना गुपचुप रह्यो । बालिकाको पेटमा समेत सात महिनाको गर्भ छ ।

मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेका बेला पीडित परिवार भने न्याय खोज्दै भौतारिएको छ ।

सात कक्षा पढ्दै गरेकी छोरी गर्भवती रहेको थाहा पाएका परिवारका सदस्य बेचैन छन् । घटनाको ६ महिनापछि गत कातिक २४ मा बालिकाका आफन्तले जिल्ला प्रहरीमा जबर्जस्ती करणीविरुद्ध कारवाही माग गर्दे उजूरी दर्ता गराएका थिए ।

घटना सार्वजनिक भएलगतै आरोपी फरार छन् । उनी गोरखा नगरपालिका ८ का हुन् । उजूरी दर्ता भएको एक महिना बित्न लाग्दासम्म आरोपित पक्राउ परेका छैनन् ।

पीडित परिवार भने न्याय माग्दै प्रहरी कार्यालय धाउन छाडेका छैनन् । ‘नानी वनमा निहुरो टिप्न गएका बेला मुख समातेर गोठमा लगेछ, जबर्जस्ती बलात्कार गरेको कुरा ६ महिनापछि मात्र हामीलाई भनिन् पीडितका बाबुले भने, नानी त्यही बलात्कार गरेको मान्छेको घर हुँदै स्कूल जाने हो, कसैलाई भन्याृ भने जे पनि हुन सक्छ भनेर धम्की दिएको रहेछ ।’

डेढ दशकदेखि गोरखा आएर बसेका पीडित परिवार छोरीमाथि भएको घटना खुलेपछि चिन्तित छन् । कान्तिपुर