
काठमाडौं, जेठ ३० । विश्वकप फुटबलको उपाधि दाबेदार टिम स्पेनले मुख्य प्रशिक्षक युलेन लोपेटेगुइलाई बर्खास्त गरेको छ ।
रुस विश्वकप सुरु हुन एक दिनमात्र बाँकी रहँदा स्पेन फुटबल संघले लोपेटेगुईलाई बर्खास्त गरेको हो ।
राष्ट्रिय टिम सम्हालिरहँदा उनले फुटबल संघसँग सल्लाह नगरी स्पेनिस क्लब रियाल मड्रिडमा आवद्ध भएको जनाएपछि बर्खास्त गरिएको संघले जनाएको छ ।
पूर्वविजेता स्पेन विश्वकपको समूह ‘बी’मा रहेको छ । यो समूहमा स्पेनसँगै पोर्चुगल, मोरक्को र इरान रहेका छन् ।
स्पेनले शुक्रबार पोर्चुगलसँग खेल्दैछ ।
स्पेन फुटबल संघको यो निर्णयले भने समर्थकसँगै खेलाडीहरुलाई स्तब्ध पारेको छ ।
अब स्पेनको टिम रियाल मड्रिडका पूर्वखेलाडी फर्नान्डो हाइरोले सम्हाल्ने छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्