पाथीभरामा एकजना तीर्थयात्रीको मृत्यु « Image Khabar


पाथीभरामा एकजना तीर्थयात्रीको मृत्यु


रासस
१२ मंसिर २०७७, शुक्रबार २०:३७

फुङ्लिङ, मंसिर १२ । ताप्लेजुङको पाथीभरा दर्शन आएकी एक महिला तीर्थयात्रीको शुक्रबार मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका –६ निवासी सावित्री खड्का चापागाईंको बेहोश भई निधन भएको हो ।

मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयवासीले स्टे«चरमा उहाँलाई बोकेर काफ्लेपाटीसम्म ल्याएको र त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिनुभयो ।

३० वर्षीया सावित्रा श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जनासँगै दर्शनका लागि पाथीभरा आउनुभएको थिया ।

अपराह्न १ बजेतिर मन्दिरमा पूजा गरेर बाहिर निस्कँदा होमकुण्ड छेउमा लडेपछि स्टे«चरमा उहाँलाई सदरमुकामतिर ल्याइएको थियो ।

मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइए पनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

चिसोका कारण उहाँको मृत्यु भएको हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्