१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


खोटाङबाट चन्द समुहका कार्यकर्ता पक्राउ


0
Shares

खोटाङ, मंसिर १२ । नेत्रविक्रम चन्द समुहका एकजना नेता खोटाङमा पक्राउ परेका छन ।

नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुबाट उनलाई जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सागर शाहले जानकारी दिनुभयो ।

उनलाई उदयपुर जिल्ला अदालतमा बम विस्फोटसम्बन्धी मुद्धा लागेको छ ।

फरार खत्रीलाई अदालतको पक्राउ पूर्जीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर प्रहरीको जिम्मा लगाइएको छ ।