
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र को को पर्छन भन्ने यकिंन छैन ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयारी छ ।
लगत्तै दोस्रो चरणमा १७ थपेर २० प्रतिशत जनसंख्यामा खोप पुर्याउने योजना बनाइएको छ ।
डब्लुएचओ, विश्वव्यापी भ्याक्सिन संजाल‘गाभी’ महामारीविरुद्धको गठबन्धन ‘सेपी’को सहकार्यमा उपलब्ध हुने यो सुविधाले नेपालसहित ९२ वटा निम्न तथा मध्यम आय भएका राष्ट्र लाभान्वित हुने छन् ।
कोभ्याक्सले यो सुविधामा सहभागी राष्ट्रलाई सन् २०२१ को अन्तिमसम्म २ अर्ब डोज खोप खरिद गरी आपूर्ति गर्ने तयारी गरेको छ ।
सामान्य हिसाबले पनि नेपालको कुल ३ करोड जनसंख्याको ३ प्रतिशतबराबर ९ लाख जनाले प्रथम चरणमा खोप पाउनेछन् ।
त्यस हिसाबले स्वास्थ्य क्षेत्रका सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसहित ३ लाख जनसंख्याले यो खोप पाउने निश्चित जस्तै छ । नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्