ओरालो लाग्दै बैद्यखाना, औषधि उत्पादन ठप्प « Image Khabar


ओरालो लाग्दै बैद्यखाना, औषधि उत्पादन ठप्प


Imagekhabar
९ मंसिर २०७७, मंगलवार ०६:३२

काठमाडौं । कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता बृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ ।

भारससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइसकेका छन् ।

तर यस्तो बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार बैद्यखाना विकास समितिले आयुर्वेदिक औषधि उत्पादन नगर्दा समस्या भएको छ ।

नेपालको सबैभन्दा पूरानो आयुर्वेदिक औषधि उत्पान गर्ने बैद्यखानामा शरीरलाई तागत दिने र रोगप्रतिरोधी क्षमता बढाउने शिलाजित, पीडाहर, आसव अरिष्टजस्ता महत्वपूर्ण आयुर्वेदिक औषधि उत्पादन बन्द हुँदा अभाव भएको हो ।

साइड असर नगर्ने हुँदा आयुर्वेदिक औषधि प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र यस्तो अवस्थामा ठूलो मात्रामा ब्यापार गर्न सक्ने अवस्थामा भएपनि सिंहदरबार बैद्यखाना भण्डारण गरिएका अधिकांश औषधि सकिएका मात्र छैनन, उत्पादन पनि ठप्पा भएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्