Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


राष्ट्रिय मानव अधिकार आयोगले भन्यो– सरकारबाट मानव अधिकार उल्लंघन


0
Shares

काठमाडौं, साउन ४ । मानव अधिकारको विश्वव्यापी सिद्धान्तले भन्छ, ‘हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ, जसको संरक्षण राज्यले गर्नुपर्छ ।’

यही सिद्धान्तलाई आधार मानेर सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्यायो तर ल्याउने क्रममा भएको प्रहरी दमन र बल प्रयोगले भने विरोध गर्न पाउने डा. केसी र उनका समर्थकको अधिकार हनन हुन पुगेको भन्दै अधिकारवादीले निन्दा गरेका छन् ।

‘सरकार भनेको बाबुआमाजस्तो हो र जनता छोराछोरीजस्ता । बाबुआमाले छोराछोरीको रक्षा गरेजस्तै सरकारले जनताको रक्षा गर्नुपर्छ,’ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा भन्छन्, ‘तर यसको अर्थ यो होइन कि उसले सत्याग्रहीको ज्यान बचाउँछु भनेर अस्पतालमा पुगेर दमन गर्न पाउँछ ।’

आयोगले बिहीबार साँझ विज्ञप्ति जारी गरी ‘अस्पतालजस्तो ठाउँमा सत्याग्रहीमाथि दमन गर्दै चिकित्सकलाई लाठी र गोली प्रयोग गर्ने सरकारको काम निन्दनीय भएको’ भन्दै विरोध गरेको छ । –कान्तिपुर दैनिकबाट